धूमपान कोरोनाका लागि खतरा

आइतबार, १८ जेठ २०७७, ०८ : ०९

स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

आइतबार, १८ जेठ २०७७, ०८ : ०९

प्रतिक्रिया