कारोबारको अन्तिम समयसम्म नेप्से ओरालो यात्रामै , १२ अंकले गिराबट

३ बर्ष अगाडि

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा १२.८७ अकंले घटेको छ ।

कारोबारको सुरुवाताबाटै ओरालो यात्रातय गदै  अन्तिम समय सम्म १.०७ प्रतिशतले घटेको हो ।

आज १२०१.५८ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा ११८८.७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

अहिले सम्म कारोबारमा आएका १३०  कम्पनीको ४ हजार ८ सय ६२ कित्ता शेयर खरिद बिक्री हुदा  ३४ करोड ७७ लाख ७१ हजार रुपैया बराबरको कारोबार भैसकेको छ ।

त्यस्तै हालसम्म कारोबारमा आएका कम्पनी मध्ये हिमालयन डेस्टिलेरी लिमिटेडले ३ करोड ४३ लाख बराबरको कारोबार गर्दै पहिलो स्थानमा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया