मेगा र गण्डकीको आइतबादेखि एकीकृत कारोबार सुभारम्भ, मर्जपछि यस्तो बन्दैछ मेगा बैंक

३ बर्ष अगाडि

काठमाडौं – मेगा बैंक र गण्डकी विकास बैंकले आगाभी असार २१ गतेदेखि एकीकृति कारोबार सुरु गर्ने भएका छन् । आज दुवै बैंकले संयुक्त रुपमा सुचना जारी गर्दै यसको जानकारी दिएका हुन् । 
मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भनेर यसअघि नै सहमति भएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार गर्न लागिएको हो । मेगाले बैंकले गण्डकी विकास बैंकलाई १ बराबर १ शेयरको अनुपातमा गाभेको हो । 
आगामी आइतबार अर्थात् २ गतेदेखि मेगा बैंकको नामबाट नै एकीकृत कारोबार सुभारम्भ हुनेछ । यसका लागि असार २० गते दुवै बैंकका सम्पुर्ण सेवा बन्द हुने बताइएको छ । 
एकीकृत कारोबार पछि मेगा बैंक निक्षेप र मुनाफाका  आधारमा २७ बाणिज्य बैंक मध्ये ११ औं स्थानमा आउने छ । 
यस्तै, बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ । यस्तै, निक्षेप रु. १ खर्ब २५ अर्ब, कर्जा १ खर्ब ९ अर्ब, ग्राहक ११ लाख हुनेछ । यसैग्रि शाखा संख्या शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १४२ वटा पुग्नेछन् । जिल्लाका आधारमा मेगा बैंक ५८ जिल्लामा पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया