हलिउड अभिनेता जेट ली नेपालमा

आइतबार, ०७ माघ २०८०, १६ : ४७

काठमाडौँ - हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । केही दिनअघि नेपाल आएका उनी बौद्धको एक गुम्बामा रहेको बताइन्छ । अभिनेता जेट ली बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन नेपाल आएका हुन् ।

 शनिबार जेट लीसँगै अभिनेत्री मनिषा कोइराला, आनी छोइङ डोल्मा,  युवराज घिमिरे पनि उक्त गुम्बामा पुगेका थिए । जसको जानकारी मनिषाले सामाजिक संजाल फेसबुकमा तस्बिर सहित दिएकी छिन् ।

 जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौँमा आइपुगेका हुन् । उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौँ आएको बताइन्छ । जेट ली कति दिन काठमाडौँ बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन् । 

आइतबार, ०७ माघ २०८०, १६ : ४७

प्रतिक्रिया