पाकिस्तान विरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

३ महिना अगाडि

काठमाडौं- नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।


नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।


 

३ महिना अगाडि

प्रतिक्रिया