काठमाडौँ- केशर विश्कर्मा को जनयुद्धमा आधारीत कविता सार्वजानिक भएको छ ।
(जनयुद्ध प्रतिको प्रेम अथाह छ)
जनयुद्ध मुक्तिको प्रस्थान विन्दु हो
राता मान्छेहरुको गौरवमय इतिहास हो
उत्पीडित वर्ग समुदायको चेतको धरातल हो
हजारौ सहिदहरुको स्वर्णीम सपना हो
यो सम्मान योग्य छ, यो अविस्मरणीय छ
त्यसैले त, जनयुद्ध प्रतिको पे्रम अथाह छ
यो अर्धसामन्ती र अर्धउपनीवेशित राष्ट्रलाई
आजादी दिलाउने महान सङग्राम हो
समानुपातिक र समावेशीकरणको बुलन्द
आवाज उठाउने पहिलो क्रान्ति हो
यो हजारौ बलीदानीको परिणाम हो
यो प्रेम पुर्ण छ, यो अर्थपुर्ण छ
त्यसैले त, जनयुद्ध प्रतिको प्रेम अथाह छ
जनयुद्ध
लैङ्गगिक समानताको पाठ सिकाउने
शसस्त्र दस्तावेज हो
पिधमा पारिकाएका वर्गलाई चेतनाको
ज्योति छर्ने विधान हो
शोषणको पैतला मुनी निदाएकाहरुलाई
जुरुक्क बिउझाउने, अदम्य शाहस हो
यो हौसला पुर्ण छ, यो सम्झन लायक छ
त्यसैले त, जनयुद्ध प्रतिको प्रेम अथाह छ
यो जिवन र मृत्युको विचबाट गुर्जिएको सघर्ष हो
बिशुद्ध रगत र पसिनाले लेखिएको ईतिहास हो
रुढीवादी परम्परा र विकृति, अवसानको प्रतिविम्ब हो
सर्वहारा वर्गले हतियार बोकेको ऐतिहासिक दिन हो
यो निकै प्रेणादायी छ, योे बोधगम्य छ
त्यसैले त, जनयुद्ध प्रतिको प्रेम अथाह छ
जनयुद्ध, सामन्ती र सम्भ्रान्त वर्गको उन्मुलन गर्ने संयन्त्र हो
वर्गीय असमनता र विभेदलाई केहि हदसम्म रपान्तरण गरेको चिनारी हो
जनयुद्ध शुत्रपातको परिणाम
आजका उत्पीडित वर्ग,समुदाय, र अपाङ्गको क्रान्तिकारी चेतना हो
यो परिणाममुखि छ, यो क्रान्तिकारीको चेतनामा छ
त्यसैले त, जनयुद्ध प्रतिको प्रेम अथाह छ
।।
लेखक: केशर विश्कर्मा
प्रतिक्रिया