एनआईसी एशिया बैंकमा गम्भीर समस्या

३ महिना अगाडि

एनआईसी एसिया बैंकले नक्कली नोटको कारोबार गरेको समाचार बाहिरिएको केही दिनपछि अभियन्ता दुर्गा प्रसाईले उक्त बैंक विरुद्ध निकै ठूलो आक्रोश पोखे । बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा अभियान चलाइरहेको मेडिकल व्यवसायी प्रसाईको नेतृत्वमा ’नागरिक बचाऊ महाभियान’ ले काठमाडौँ महानगरपालिका–२९ वडा कार्यालय घेराउ गरेको थियो । एनआईसी एसिया बैंकले उक्त वडा निवासी नलिसा खानको घर गैरकानुनी तवरले लिलामी गर्न लागेको जनाउँदै प्रसाईंका कार्यकर्ता वडा कार्यालय घेर्न गएका हुन् । बैंकमा धितो राखिएको घरलाई समयावधि अगावै बैंक र वडाध्यक्ष कुशकुमार ढकालको आपसी मिलेमतोमा बिक्री गराई खानलाई बिचल्ली पारेको प्रसाईं समूहको आरोप छ । यो आरोपका पछाडि सच्चाई पनि रहेको बैंकका निकट अतितका गतिविधिहरुले पनि पुष्टि गर्दछन् । 


एनआइसीले यसभन्दा पहिले पनि देशका विभिन्न भागमा नागरिकलाई घरबारबिहीन बनाउन अनेकौं तिकडम गरेका समाचारहरु प्रकाशमा आएका थिए । सुर्खेतमा दूई जना चौधरीहरुलाई अनाहकमा फसाएपछि विप्लबको पार्टीले थर्काए पछि बैंक व्याक भएको थियो । उक्त घटनाले एनआइसी बैंक सुर्खेतमा निकै बदनाम भएको थियो । केही समय पहिले राष्ट्र बैंकले बैंकिंङ अनुशासन तोडेर सीमा भन्दा बाहिर गै ऋण प्रवाह गरेको लगायतका विषयमा कारबाही गर्ने तयारी गरेपछि सिइओले राजीनामा दिएका थिए । आन्तरिक रुपमा बैंक जर्जर बन्ने स्थिति आएपछि शाखाहरु बन्द गर्ने तयारी समेत थालेको थाहा हुन आएको छ । यद्यपी बैंकले शाखा बन्द गर्न लागेको कुरा अफवाह भएको बताएको छ । तर विश्वस्त सूत्रहरुले शाखाहरु बन्द गर्ने तयारी भएको बताएका छन् । बैंकका यस्तै क्रियाकलापका कारण ग्राहकहरु भड्किन थालेपछि उसले नयाँ योजनाहरु पनि अघि सारेको छ । बैंकका कर्मचारीहरु श्रण लैजान ग्राहकहरुलाई आफै प्रेसर गर्न थालेका छन् । बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि भन्ने नारा लिएर निजी क्षेत्रको भिडमा आएको उक्त बैंकका गतिबिधिहरु भने जनतालाई कंगाल बनाउने खालका रहेको सरोकारवालाहरुले नै बताउन थालेका छन् ।  


 

३ महिना अगाडि

प्रतिक्रिया