काठमाडौं- नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा काठमाडौं महानगर समितिको संयोजनमा आयोजित पाँचौँ जिल्ला व्यापी हाजिरी जवाफ प्रतियोगिता शुक्रबार युनिभर्सल सेकेन्डरी स्कुल, काठमाडौंमा सम्पन्न भएको छ।
प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका २४ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको थियो। ‘एक विद्यालय, एक टिम’को सिद्धान्तअनुसार प्रतिस्पर्धामा उत्रिएका टिमहरू मध्ये साम्तेन मेमोरियल स्कुल, बुढानीलकण्ठले प्रथम स्थान हासिल गर्न सफल भएका थिए।
त्यस्तै, दिव्य ज्ञान स्कुल, काठमाडौं महानगरले दोस्रो र वेद ब्यास स्कुलले तेस्रो स्थान प्राप्त गरे। युनिभर्सल सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार जितेको थियो । विजयी टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समिति सदस्य विजय खरेल, काठमाडौँ जिल्ला समिति अध्यक्ष होमबहादुर अधिकारी (मनोज), कोषाध्यक्ष विजय न्यौपाने, सह–कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य रामप्रसाद काफ्ले, काठमाडौं महानगर समिति संयोजक निलममणि भट्टराई, सचिव राजन लम्साल, कार्यक्रम संयोजक अभिनाश यादव, बुढानीलकण्ठ नगर समिति उपाध्यक्ष सुस्मिता मैनाली, सचिव गोविन्द धामी, सह–सचिव नारायण चौलागाईं, स्याट सचिव प्रशान्त दाहाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्विज मास्टर रञ्जित गुप्ताले गरेका थिए भने सभापतित्व नेसनल प्याब्सन काठमाडौं महानगर समिति संयोजक निलममणि भट्टराईले गरेका थिए।
प्रतिक्रिया