काठमाडौँ। नेपाल ए टिम र क्यानडाबिच आज प्रतिस्पर्धात्मक म्याच हुने भएको छ ।
क्यानडाले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअघि नेपाल ए सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान ९: ३० बजे मुलपानीमा सुरु हुनेछ ।
क्यानडासँग खेल्ने नेपालको ए टिममा विनोद भण्डारी कप्तान हुन् भने आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवके यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया रहेका छन्।
खेल आज बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ। नेपाल एको कप्तान विनोद भण्डारी रहेका छन्। प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल एमा समेटिएका छन्।
प्रतिक्रिया