साताको समीक्षा : सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कारोबार कस्तो रह्यो ?

१ महिना अगाडि

काठमाडौँ । नेप्से परिसूचक यस साता साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २००५.८३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात् ३३.७४ अङ्क घटेर १९७२.०९ विन्दुमा बन्द भएको छ।

साताभरमा भएको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साता सोमबार र मङ्गलवार नेप्से परिसूचक बढेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स २.२० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.०५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ प्रतिशत घटेको छ।नेप्सेसँगै यस साता दैनिक औसत भोल्यूम पनि घटेको छ।

गत साता दैनिक औषतमा ३ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ३२ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औसत भोल्यूम २४.७१ प्रतिशत घटेको हो।त्यस्तै, यस साता दैनिक औसत शेयर संख्या २८.०९ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार संख्या ३४.७८ प्रतिशत घटेको छ। यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि १.६९ प्रतिशत घटेको छ। 

त्यस्तै गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५३ अर्ब रुपैयाँ घटेर ३० खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ। भने १३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। 

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.०६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २१३.३२ अङ्क घटेको छ। नेप्सेमा यस साता ८ कम्पनीको २ करोड ११ लाख ३४ हजार ७४३.२४ कित्ता शेयर सूचीकृत भएको छ।  यस साता उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ११.७७ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ४.१८ प्रतिशत बढेको छ।
 

१ महिना अगाडि

प्रतिक्रिया