नेपालमा ७ महिनामा एक अर्ब रुपैयाँ बराबरको प्याज आयात

आइतबार, २० फागुन २०८०, १३ : ५९

काठमाडौँ - चालु आर्थिक वर्षको ७ महिनामा ४ करोड ६९ लाख किलो प्याज आयात भएको छ । सो बापत १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ । प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।भारतबाट सबैभन्दा बढी धेरै मात्रामा प्याज आयात भएको छ ।

 ४ करोड ६३ लाख किलो प्याज आयात भएको छ । सोबाट १ अर्ब ९३ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, चीनबाट ६ लाख ५० लाख किलो प्याज आयात भएको छ । ६ करोड ६ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । भारत र चीनबाट खानाका लागि ताजा तथा सुकेको प्याज आयात गरिएको हो । कोरियाबाट ३० किलो प्याजको बीउ ५ लाख रुपैयाँको आयात भएको छ । यस्तै, दक्षिण अफ्रिकाबाट १ सय किलो प्याजको बीउ आयात गर्दा २२ लाख रुपैयाँको खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ । 
 

आइतबार, २० फागुन २०८०, १३ : ५९

प्रतिक्रिया