फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

आइतबार, २० फागुन २०८०, १४ : ५३


नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामाआफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीयअनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दैआएका छन् । सात वर्ष अगाडी नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यसहोटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आथित्यता सेवाको स्तरवृद्धि गर्न सफल भएको हो ।

फेयरफिल्ड काठमाडौंमा आथित्य सेवाका लागि तिन उत्कृष्ठ रेष्टुराँहरु रहेका छन् । अलडे डाईनिङ्ग रेष्टुराँ काभा, जापानीज रेष्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचोस्काई लाउन्ज खानाको उत्कृष्ठ स्वादका साथमा आथित्यताको उच्चतम अनुभव पस्किन सदैब तत्पर रहँदै आएका छन् । काभामा नेपाली, ईण्डियन र वेष्टर्न खानाहरु पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकी जस्ता प्रसिद्ध जापानी
खाना पाईन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं शहरको रङ्गिन वातावरण नियाँल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ  यद्यपि कुनै पनि रेष्टुराँमा बसेर कुनै पनि मेन्यु बाट खानाको अर्डर गर्न सकिने अवसर फेयरफिल्डले दिंदै आएको छ । काठमाडौंका मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायरदश मिनेटको दुरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेट भन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । काठमाडौंका स्थानीय जीवनलाई नजिकबाट नियाँल्दै यहाँको रात्री जिवन होस या  सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटकहुन् सबैलाई पायक पर्ने फेयरफिल्डहरेक वर्ग र उमेर समूहका पर्यटकको साझा रोजाई बन्दै आएको छ ।

विश्व प्रसिद्ध होटल ब्राण्ड म्यारिअट बोनभोईको अनुपम आथित्यता र लक्जिरी अनुभूतिगर्न चाहने स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नो सात बर्षे यात्रा सफल बनाईदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै काठमाडौं म्यारिअट होटल तथा फेयरफिल्ड काठमाडौंकाक्लस्टर डाईरेक्टर सेल्स एण्ड मार्केटिङ् वरुण कमरा भन्छन्, “यहाँहरूको साथ र सहयोग विना यो सफलता सम्भव थिएन ।

 

आइतबार, २० फागुन २०८०, १४ : ५३

प्रतिक्रिया