काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकम र एनसेलको लाइसेन्सको समस्या समाधान गर्ने बताएका छन्। प्राधिकरणको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स अवधिको अन्योल हटाउने बताएका हुन्।
प्राधिकरणका अनुसार नेपाल टेलिकमको २०८१ वैशाख र एनसेलको २०८६ भदौमा अनुमतिपत्रको अवधि सकिँदै छ। नियामक निकायले स्पष्ट दिशा दिएर समाधान गर्न सकेनौँ भने सिस्टमेटिक फेलियरमा जाने जोखिम छ :, भण्डारीले भने, ‘नियामकले समयमै कदम चाल्नेछ।’अध्यक्ष भण्डारीले दुईवटा मात्रै टेलिकम कम्पनी हुँदा बजारमा उनीहरूकै मोनोपली (एकाधिकार) रहेको बताए। कुनै समय ६ वटा टेलिकम अपरेटर रहेकोमा अहिले २ वटा मात्रै रहँदा प्रतिस्पर्धा कम भएको उनको भनाइ छ।
प्रतिक्रिया