अर्थमन्त्रीमा बिष्णु पौडेलको सम्भावना चुलियो

१ महिना अगाडि

काठमाडौं- अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । तर काँग्रेसलाई सरकारबाट हटाएर एमालेसँग नयाँ गठबन्धन बनाई मन्त्रिमण्डल पुनर्गठन हुन लागेको हो ।

पहिलो चरणमा एमालेबाट पदम गिरिलाई मन्त्री बनाउने तय भएको छ । तर नयाँ गठबन्धनका सुत्राधर एमाले उपाध्यक्ष बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने टुंगो लागेको स्रोतले बतायो । माओवादी केन्द्रका तर्फबाट नयाँ गठबन्धनका लागि कसरत गरेका बर्षमान पुनलाई गृहमन्त्री बनाउने स्रोत बताउँछ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतको हठका कारण बिच्चिएका प्रधानमन्त्री प्रचण्ड अन्ततः देउवाले राष्ट्रिय सभाका अध्यक्षसहित सबै मन्त्री अनुकुल छान्ने सुबिधा दिँदा पनि प्रचण्डले गठबन्धन फेर्ने निधो गरे ।

१ महिना अगाडि

प्रतिक्रिया