काठमाडौं - सामुहिक लगानी कोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरको लकइन चैत २३ गतेदेखि सकिने भएको छ । पछिल्लो समय सार्वजनिक निष्कासनमा सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन बाँडफाँट भएको मितिबाट ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था बमोजिम कम्पनीको सामुहिक लगानीकोषको स्वामित्वमा रहेको ४ लाख २ हजार १९ कित्ता शेयर लकइनमा राखिउको थियो । कम्पनीले सर्वसाधारणमा गत असोज २४ गते आईपीओ बाँडफाँट गरेको थियो । लइकन समाप्त हुनुभन्दा एक महिना पहिला सार्वजनिक सूचना मार्फत जानकारी गराउनुपर्ने व्यवस्था बमोजिम कम्पनीले सूचना जारी गरेको हो ।
प्रतिक्रिया