दुई जना पक्राउ

मंगलबार, २२ फागुन २०८०, १२ : ४२

काठमाडौँ - स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका १ जानपुलबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ बस्ने ३० वर्षीया मरमती मोक्तान र ३६ वर्षीय देवराज थिङ रहेका छन् । ईलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीले प्र.३-०१ ०२३ च ५३८५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
 

मंगलबार, २२ फागुन २०८०, १२ : ४२

प्रतिक्रिया