शाइन रेसुंगा डेभलपमेन्ट बैंकले दियो १०.५० प्रतिशत बोनस सेयर

मंगलबार, २२ फागुन २०८०, १३ : ४१

काठमाडौं - शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

बैंकको मंसिर २३ गते सम्पन्न साधारण सभाले १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
 

मंगलबार, २२ फागुन २०८०, १३ : ४१

प्रतिक्रिया