५० हजार लिटरको खानेपानी ट्याङ्की उपभोक्ता समितिलाई हस्तान्तरण

१ महिना अगाडि

काठमाडौँ -  रसुवामा नेपाली सेनाले ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको छ । सेनाको विष्णुदल गणले उत्तरगया गाउँपालिका ४ चौरखर्कमा उक्त ट्याङ्की निर्माण गरेको हो । निर्माण गरिएको उक्त ट्याङ्की मंगलवार एक कार्यक्रमका बीच चौरखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया