काठमाडौँ - नाटक ‘झोडा’ मञ्चन अवधि थपिएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चनरत नाटकको समय ४ दिन थपिएको हो । दर्शक माग बढेपछि फागुन २६ सम्मलाई समय थपिएको नाटकका परिकल्पनाकार तथा निर्देशक चेतन आङथुपोले जानकारी दिए । यसअघि नाटक फागुन २२ गतेसम्म मञ्चन हुने तय भएको थियो ।
नाटकमा पूर्वी मधेसमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ । नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साझ पाँच बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटकमा कलाकार मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ ।
गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित नाटकको नाट्य रूपान्तरण सुमन लिङ्देनले गरेका छन् । नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन् । नाटकमा प्रयोग गरिएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका छन् । गीतमा ताया राई, स्वस्तिका लिम्बू र आशा सावाको स्वर छ । गीतमा बालकृष्ण राईले संगीत भरेका छन्। भने बासुरीमा एमपी मगर, मादलमा दिनेश विश्वकर्मा र गितारमा दिपेश मगर छन् ।
प्रतिक्रिया