काठमाडौं - खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न फागुन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया