वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का !

१ महिना अगाडि

 काठमाडौं- नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ ।

मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको एमाले उपाध्यक्ष पौडेलले बताए ।

 

१ महिना अगाडि

प्रतिक्रिया