मलेसियाबाट स्वर्णसहित २ पदक लिएर फर्किइन् सजिना

१ महिना अगाडि

काठमाडौँ  - फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारियर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’मा भोजपुरको षडानन्द नगरपालिका– ४ घर भएकी १६ वर्षीया सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् । 

नेपालकी सजिना तामाङले मलेसियामा भएको अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा दुई पदक जितेकी छिन् ।उनी एकल स्पिाइरिङ ४३–५३ तौल समूहबाट स्वर्ण र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी छिन् । उनी पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । विगतमा पनि उनले विभिन्न पदकहरू जितेकी छन् । सजिनाले मलेसियामा जितेता दुई पदक अन्तर्राष्ट्रिय स्तरमा अहिलेसम्मकै ठूलो उपलब्धि भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले बताए । दुई पदक जितेकी सजिना बुधवार घर फर्किएकी छिन् ।  नेपालका चार खेलाडीमध्ये वीरेन्द्र कुँवरले दुई विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट खेलाडीको रुपमा सजिना, वीरेन्द्रसहित देवेन्द्र सुनार र कैलाश अर्याल तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाध्यक्ष रहेका विक्रम बाठा मगर अम्पायरको भूमिका निर्वाह गर्दै मलेसिया गएका थिए । उक्त प्रतियोगितामा विश्वभरिका ३१ भन्दा बढी राष्ट्रका दुई हजार ४०० भन्दा बढी तेक्वान्दोका खेलाडीको सहभागिता रहेको थियो । 

१ महिना अगाडि

प्रतिक्रिया