नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

बुधबार, २३ फागुन २०८०, २० : ०९

काठमाडौँ- नवनियुक्त १६ जना मन्त्रीहरुको बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए ।

त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । अहिले गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

 

 

बुधबार, २३ फागुन २०८०, २० : ०९

प्रतिक्रिया