नेपालमा स्थापना भयो असेम्ब्ली प्लान्ट

१ महिना अगाडि

काठमाडौँ - होण्डाका दुई पाङ्ग्रे सवारीको असेम्ब्ली अब नेपालमै  हुने भएको छ। बुधबार होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस प्रेसिडेन्ट Minoru Kato  ले भैरहवामा होण्डाको असेम्ब्ली प्लान्टुको समुद्घाटन गरे । 


डेढ अर्ब लगानीमा दुई लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको प्लान्टले १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।  कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो। Kumamoto Factory, Vechile Assembly Plant  का साथै  General Manager.Tayuki Nakanose बाट बिक्री निर्देशक Tetsuya Komine तथा उत्पादन निर्देशक Yoichi shimada   को समेत कार्यक्रममा उपस्थिति थियो । त्यसैगरी, जापानबाट Sales Department Manager, Masahide Hirose,  Assistant Manager, Yasuyuki Yamamoto HMSI (INDIA ) का  Production   तर्फका  Director,Naveen Awal र Export/Import Sales & After Sales तर्फका General Manager, Pradeep Chaudhry,   संघीय सभासद छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योति तथा स्याकार ट्रेडिङ्ग कम्पनीका उपाध्यक्ष सुरीद ज्योतिको लगायतको पनि  उपस्थिती रहेको थियो।

१ महिना अगाडि

प्रतिक्रिया