एक कम्पनीले पायो हकप्राद निष्कासनको अनुमती

विहीबार, २४ फागुन २०८०, १२ : ४६

काठमाडौँ- बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।  

विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो। कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।  

कम्पनीले गत पुस २९ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट हाल कायम गरेको चुक्तापूँजी २५ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

विहीबार, २४ फागुन २०८०, १२ : ४६

प्रतिक्रिया