मिटरब्याजी समस्याको २७ हजार उजुरी संकलन

विहीबार, २४ फागुन २०८०, १३ : ५२

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि गठित अधिकार सम्पन्न उच्चस्तरिय जाचबुझ आयोगले २७ हजार उजुरी संकलन गरेको बताएका छन् ।  

आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गत वर्षको चैत महिना गठन भएको आयागले ८ महिनाको अवधिमा देशभरबाट २७ हजार उजुरी संकलन गरेको र ५ हजारभन्दा बढी फर्छ्यौट भएको बताएका हुन् ।  


यसका साथै उनले बाँकीका हकमा समाधान खोज्न गत माघ ३ गते नयाँ कार्यविधि स्वीकृत गरिएकोृ जानकारी गराएका छन् । ‘यहि १६ फागुनसम्म २ हजार ९८४ वटा उजुरी आपसी मेलमिलापबाट फर्छ्यौट भएका छन् । जिल्ला प्रहरी कार्यालयहरुमा दुवै पक्षको छलफलबाट मेलमिलाप गराउने र मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने कार्य भईरहेकाले अब केहि समयमै सबै मुद्दा फर्छ्यौट भईसक्छ भन्ने विश्वास सरकार्ले लिएको छ ।’ प्रधानमन्त्री भने ।  
 

विहीबार, २४ फागुन २०८०, १३ : ५२

प्रतिक्रिया