सजावटका सामान मकैको खोस्टाबाट

१ महिना अगाडि

काठमाडौँ - उद्योग तथा वाणिज्य कार्यालय दोलखाको आयोजना तथा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिको सहजीकरणमा चरिकोटमा आयोजना गरिएको १० दिने तालिम सम्पन्न भएको छ ।सीप सिकौँ, उद्यमी बनौँ, आम्दानी बढाऔँ भन्ने नारालाई साकार पार्नका लागि संयुक्त रुपमा सुरु गरिएको तालिममा सहकारीका शेयर सदस्यलगायत यसअघि पनि तालिम लिएका २२ जना महिलाहरुको सहभागिता रहेको जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।

 

मकैको खोष्टाबाट फूल, फूलका गुच्छा, चकटी, टोकरी, साचो झुण्डाउने (किरिङ) र चप्पललगायतका सामान बनाएका छन् । दोलखाको उत्पादन पाहुनालाई दिन मिल्ने खालको मायाको चिनो समेत तालिममा सहभागीहरुले तयार पारेका प्रशिक्षक सजना नगरकोटीले बताउनु भयो । यो तालिमलाई उपयोग गर्न सकेमा तालिम लिएका व्यक्तिहरु कसैको हात खाली नरहने तालिम प्रशिक्षक नगरकोटीले जानकारी दिनुभयो ।  तालिम लिएर सर्टिफिकेट बोकेर मात्र नबस्नका लागि भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले आग्रह गर्नु भयो । एउटै व्यक्तिले पटक पटक सबै खालका तालिम लिने तर व्यवहारमा कसैले नल्याउने भएकाले यो तालिम सिकेका सहभागी त्यस्ता खालका नहोऊन् । उपप्रमुख बस्नेतले भन्नु भयो, भीमेश्वर नगरपालिकाले पनि महिलाहरुलाई लक्षित गरी धेरै खालका तालिमहरु दिएको तर थोरैले मात्र व्यवहारमा उतारेको हुनाले मकैको खोस्टाको तालिम फलदायी बनोस् । शुभकामना छ । तालिम समापन समारोहमा जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा भीमेश्वर नगरपालिका–६ का वडाअध्यक्ष नवीन लामा, जिल्ला सहकारी संघका महासचिव दिलबहादुर केसी, जेसीजका उपाध्यक्ष ईश्वर दहाल, प्रशिक्षक सजना नगरकोटी, प्रशिक्षार्थीहरु यशोदा कुँवर र रुकमाया ठकुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबिच १० जनाको सहभागिता रहेको सात दिने क्रिस्टलको गहना बनाउने तालिमको समापन पनि गरिएको थियो । सो तालिम पनि उद्योग तथा वाणिज्य कार्यालय चरीकोटको आयोजना र जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि।को सहजीकरणमा गरिएको संस्थाका व्यवस्थापक रमेश बस्नेतले जानकारी दिनुभयो ।


 

१ महिना अगाडि

प्रतिक्रिया