काठमाडौं – नयाँ सरकार बनेपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजपीडितहरूका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘ प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्रीले भने, ‘ मिटरब्याजपीडितका समस्या समाधान गर्न गत चैत २० गते उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको सदनलाई अवगत नै छ । आयोगले आठमहिने कार्यकालमा देशभरबाट आठ हजार उजुरी संकलन गरेको र पाँच हजर फर्स्योट गरेको जानकारी गराउँदछु,’ ‘बाँकीका लागि मन्त्रिपरिषदबाट नयाँ कार्यविधि स्वीकृति गरिएको छ । सरकार समस्या समाधानका लागि क्रियाशील छ ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले अहिले आन्दोलनमा रहेका पीडितहरूसँग गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित वार्ता टोलीले संवाद गरिरहेको भन्दै छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया