'फूडमान्डु ‘ काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टन

शुक्रबार, २५ फागुन २०८०, ११ : ४६

 काठमाडौैँ - नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय  कलाकार  आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरुका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । 


यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरुको स्टल रहने छ । यहि चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले  संयुक्त  रुपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ भने गेट १ बजे नै खुल्ला रहने छ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।यस  बारेमा  बोल्दै  फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित  छौँ । हामीलाई आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोतहरुलाई  उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई आझै धेरै मनोरञ्जन बनाउन सक्छौ। हामी विश्वस्त छौँ कि उत्कृष्ट संगीत र स्वादिष्ट खानाको सम्मिश्रणलेसहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ ।”


आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीतहरु गाएका छन् । आफ्नो  सुमधुर आवाजले ठूलो संख्यामा दर्शक श्रोताको मन जित्न सफल आतिफले थुप्रै अवार्डहरू पनि जितेका छन् । काठमाडौँ म्युजिक फेस्टिभलको  दोस्रो दिनमा भने अनुभ जैन र एज ब्यान्ड जस्ता अन्य चर्चित कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएका  छन्  । यस बारेमा बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, “काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरुलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ । फूडमान्डुले खानाको पारखीहरुलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि हामीले त्यही परम्परालाई निरन्तरता दिएका छौँ । ”फूडमान्डुले विगत एक दशक भन्दा अगाडी देखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरुको घर आगनमा खाना डलिभरी गर्दै आइरहेको छ भने यो सहकार्यले पनि फूडमान्डुको ग्राहकवर्गलाई फरक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो । 
 

शुक्रबार, २५ फागुन २०८०, ११ : ४६

प्रतिक्रिया