पुजा पाठसँगै कमाई पनि

शुक्रबार, २५ फागुन २०८०, १३ : २६

काठमाडौँ - ललितपुर जिल्लाको पाटनमा रहेको बंगलामुखी मन्दिरमा पुजा पाठ विवाह वर्तमान, लाखवत्ती जस्ता पुन्य कर्म गराउँदै आएका गणेश पोखरेल भन्छन् "  मन्दिरबाट नै  जीवन निर्वाह्न सजिलो सँग गरेको छु। "

 दैनिक रूपमा मन्दिरमा आउने भक्तजनहरुको पुजा पाठ गराएर उनले आफ्नो परिवार पाल्ने गरेको कुरा उनले आजको अर्धलाई जनाकारी गराएका छन् । उनको परिवारमा श्रीमती ,  बुहारी र नातिनी  छन् । परिवारका सदस्यको  रोजगारी नभएकोले परिवारका आवश्कता उनले नै  पुरा गरेका छन् । मन्दिरमा बसेर पुजा  पाठ गराएको उनी मासिक रूपमा ५० हजार जति बचत कमाउछु भन्छन् । आफ्नो कमाई केहि  बचत पनि नभए  परिवारको लागि खर्च गर्न राम्रै सँग पुगेको  उनले  आजको  अर्थलाई बताएका छन् । उनी बंगलामुखी मन्दिरमा विगत ५ वर्ष देखि काम गर्दै आएका छन् । उनी आफ्नो काम प्रति म सन्तुष्ट छु भन्छन् । आफ्नो धर्म सस्कृतिलाई बचाउँदै ,पुजा पाठ गर्दै बस्न पाएकोमा पोखरेल खुसी व्यक्त गर्दछन् । 

शुक्रबार, २५ फागुन २०८०, १३ : २६

प्रतिक्रिया