अन्तर्राष्ट्रिय नारी दिवस : इतिहास, प्रदर्शन र उत्सव

शुक्रबार, २५ फागुन २०८०, १४ : २४


अन्तर्राष्ट्रिय नारी दिवस ः इतिहास, प्रदर्शन र उत्सव

तपाईँले मिडियामा वा साथीहरू अन्तर्राष्ट्रिय नारी दिवसबारे कुराकानी गरेको देख्नु सुन्नुभएको होला।

तर यो दिन के का लागि हो, कहिले मनाइन्छ, यो उत्सव मनाउने दिन हो कि विरोध प्रदर्शन गर्ने दिन हो, के पुरुषहरूका लागि पनि त्यस्तै अन्तर्राष्ट्रिय दिवस छ ?

एक शताब्दीभन्दा बढी समय हुन लाग्यो मार्च ८ लाई मानिसहरूले महिलाको विशेष दिन मानेर विश्वभर दिवस मनाउन थालेको।

नारी दिवस मनाइन्छ तर ओझेलमा पर्छन् श्रमिक महिला
मातृत्व र राजनीतिलाई सँगसँगै लग्दै सांसद आमाहरू
किन भन्ने थाहा पाउन यो रिपोर्ट पढ्नुहोस् है।

कसरी यो सुरु भयो ?

 

nari2क्लारा जेटकिनले सन् १९१० मा अन्तर्राष्ट्रिय नारी दिवस प्रस्ताव गरेकी थिइन्
अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो जुन पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो।

सन् १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो।

त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्‍यो।

उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।

प्रजननको दुर्लभ अवसरको बाटो पहिल्याइदिने एक महिला वैज्ञानिक
दलहरूले संसद्‌को प्रत्यक्ष चुनावमा किन पुरुष उम्मेदवार नै रोज्छन् ?
जनसङ्ख्यामा महिला अघि पुरुष पछि, चुनावी राजनीतिमा पुरुष अघि महिला पछि
त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो। त्यसैले यो वर्ष हामीले १११औँ नारी दिवस मनाइरहेका छौँ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो। राष्ट्र सङ्घले पहिलो नारा ूसेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउनेू भन्ने राखेको थियो।

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। र विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ।
बिबिसीबाट
 

शुक्रबार, २५ फागुन २०८०, १४ : २४

प्रतिक्रिया