मीठाई खुवाएर यात्रु लुट्ने चोर पक्राउ

शुक्रबार, २५ फागुन २०८०, १६ : ४५

काठमाडौं - शिवरात्रीको मौका छोपी यात्रुलाई भाङ लगायत नशालुपदार्थ मिसाएको मीठाई र बिस्कुट खुवाई मालसामान लुटपाट गर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ।

भारत बिहारको पूर्वी चम्पारणका अखिलेश कुमार साहले नारायणघाटबाट वीरगंजतर्फ बसमा यात्रारत उपेन्द्र मुखियालाई मीठाई र बिस्कुट खुवाई बेहोस पारी ४१ हजार ५०० रुपैयाँ र मोबाइल चोरी वीरगंज बसपार्कबाट फरार भएका थिए। निजलाई नियन्त्रणमा लिई कानूनी रीत पुर्‍याइ खानतलासी गर्दा चोरी भएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र चोरी भएको मोबाइल जफत भएको थियो। प्रहरीले जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा ७ दिन म्याद लिई निजमाथि अनुसन्धान गरिरहेको जनाएको छ।

शुक्रबार, २५ फागुन २०८०, १६ : ४५

प्रतिक्रिया