श्रीमानले कुट्दा श्रीमतीको मृत्यु

शुक्रबार, २५ फागुन २०८०, १७ : ०६

काठमाडौँ - भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले  २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । 

 

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ :१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।  सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ । 
 

शुक्रबार, २५ फागुन २०८०, १७ : ०६

प्रतिक्रिया