बहेडवा थारु सामुदायिक होमस्टेले बयलगाडा सफारी शुभारम्भ

१ महिना अगाडि

 काठमाडौँ  - उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित बहेडवा गाउँमा सञ्चालित बहेडवा थारु सामुदायिक होमस्टेले पुरानो सवारी साधनका रुपमा रहेको बयलगाडा संस्कृति लोप हुन लागेकोले त्यसलाई पुन स्थापना गराउने उद्देश्यले शुक्रवार बयलगाडा सफारी शुभारम्भ गरेको छ ।

 

नेपालमा सञ्चालित होमस्टेहरु मध्ये उत्कृष्ट ३ मा पर्न सफल भएको बहेडवा थारु सामुदायिक होेमस्टेको बयलगाडा मै चढेर कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरेका हुन्  । उद्योग, कृषि तथा सहकारी मन्त्री खत्रीले आन्तरिक पर्यटनलाई सबै मिलेर बढावा दिएमा स्थानीय सीप श्रम रोजगार तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने र यसले सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा प्रगति हुने बताए। उनले देशमै राम्रो नाम कमाउन सफल बहेडवा थारु सामुदायिक होमस्टेले हराउँदै गएको बयलगाडा संस्कृतिलाई बचाउन गरेको यो प्रयास अत्यन्त सह्रानीय रहेको बताए ।

 

सो कार्यक्रममा विशिष्ट अतिथि कोसी प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री नारायण बहादुर बुर्जा मगरले आफ्नो मन्त्रालयको तर्फबाट गर्नु पर्ने सहयोग उपलब्ध गराउने र पर्यटन प्रवर्द्धनले समाजको मुहार परिवर्तन गर्न सहयोग पुग्ने भएकोले हराउँदै गएको थारु संस्कृतिलाई बचाउन कार्यक्रम ल्याउनु पर्ने बताए ।सो कार्यक्रममा अर्का  विशिष्ट अतिथि कोसी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले होमस्टेको स्थायित्व समृद्धि र विकासकालागि बहेडवाका थारु समुदायले गरेको प्रयास उदाहरणीय रहेको र यसमा प्रदेश सरकार, स्थानीय सरकार तथा संघ संस्थाहरुले पनि सब्कदो सहयोग गर्नु पर्ने बताइन् । बहेडवा थारु सामुदायिक होमस्टेको अध्यक्ष भगवानसिं चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा कोसी प्रदेशका माननीय मन्त्रीद्वय  रामकुमार खत्री, नारायण बुर्जा मगर र उपसभामुख सिर्जना दनुवार लगायतका अतिथिहरुलाई चारवटा बयलगाडार्मा सवार गराइएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया