हङकङले बनायो २ विकेटको क्षतिमा ८४ रन

१ महिना अगाडि


काठमाडौँ - नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले १० ओभरमा २ विकेटको क्षतिमा ८४ रन बनाएको छ । अन्सी राथ २२ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा एक चौका र एक छक्का हिर्काएका छन् । बाबर हायातले एकै ओभरमा ३ छक्का हिर्काउँदै १४ बलमा २८ रन बनाएर नटआउट छन् ।

 

 

यस अघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुन अघि उनले ५ चौका र १ छक्का हिर्काए ।नेपालको टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विवेक यादव, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विनोद भण्डारी, प्रतिश जिसी, सागर ढकाल, रासिद खान र आकाश चन्द रहेका छन् ।त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ ।  यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
 

१ महिना अगाडि

प्रतिक्रिया