काठमाण्डौ - पर्सामा एउटा बिचित्रको घटना प्हरीले सार्वजनिक गरेको छ । आफ्नै छोरालाई मारेको आशङ्कामा प्रहरीले आमाबुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउ मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालक दिलीप मण्डलको शव निकालेर बुबाआमालाई पक्राउ गरेको हो । घटनाको अनुसन्धानका लागि बालकका आमाबुबा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका शम्भु महतो धानुक र उनकी श्रीमती सबतादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको डीएसपी थापाले बताए ।
प्रतिक्रिया