दुई जनाको मृत्यु करेन्ट लागेर

शनिबार, २६ फागुन २०८०, १३ : ३८

काठमाडौँ – कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ कालढुङ्गा भन्ने ठाउँमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा नरहरीनाथ ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापा रहेका वडा नम्बर- ९ का अध्यक्ष प्रदिप बोहराले जानकारी दिनुभयो । पुरानो पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ पोललाई छुँदा उनीहरुलाई करेन्ट लागेको हो । त्यहाँ नेपाल विद्युत् प्राधिकरणले ६ महिना अघि ११ हजार भोल्टेजको प्रसारण लाइन पुर्‍याएको हो ।

शनिबार, २६ फागुन २०८०, १३ : ३८

प्रतिक्रिया