सडक निर्माणको काम निर्धारित समयमा नभए १२ करोड फ्रिज

१ महिना अगाडि


काठमाडौँ- मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०७८र७९ मा पर्साका विभिन्न ८ सडक कालोपत्र गर्न ५४ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो । कालोपत्रमा रकम अभाव हुन नदिन प्रदेशले चालु आर्थिक वर्षमा थप १२ करोड रुपैयाँ विनियोजन गरेको छ । 

 

सडक निर्माण निर्धारित समयमा काम नभएकाले आर्थिक वर्ष ०८०र८१ मा आएको १२ करोड रुपैयाँ फिर्ता जाने सम्भावना बढी रहेको पूर्वाधार विकास कार्यालय पर्साले जनाएको छ । निर्माण कम्पनीले ६ करोड ४२ लाखमा ठेक्का लिएको पर्साको धोरे–पकाहा–पोखरिया सडक । ठेक्का अवधि सकिए पनि यसको भौतिक प्रगति ३० प्रतिशत मात्र छ । आठ वटा सडक कालोपत्र गर्ने ठेक्कामध्ये ६ वटा सडकको ठेक्का काठमाडौंको शिवाको कन्स्ट्रक्सन प्रालि र दुई वटा रञ्जन निर्माण सेवाले सकारेका थिए । पुस मसान्तसम्म निर्माण सकिनुपर्ने ठेक्काको काम हालसम्म २५ देखि ६० प्रतिशत मात्र भएको छ । पुससम्मको निर्धारित समयभित्र कालोपत्र नसकिएपछि ठेकेदार कम्पनीकै अनुरोधमा पूर्वाधार विकास कार्यालयले वैशाखसम्म म्याद थपे पनि कामले गति लिएको छैन । प्रदेश सरकारले आठ वटै सडकका लागि चालु आर्थिक वर्षमा डेढरडेढ करोड गरी १२ करोड थपेको थियो ।‘सडक कालोपत्र गर्दा रकम अभाव नहोस् भनेर प्रदेशले थप बजेट विनियोजन गरेको हो,’ एक प्राविधिक भन्छन्, ‘तर समयावधिबमोजिम निर्माण नहुँदा पुरानै विनियोजित रकम सकिएको छैन, चालू आर्थिक वर्षमा आएको पैसा फिर्ता हुने बढी सम्भावना छ ।’ गुलरियाचोकस्थित वडा कार्यालयदेखि पटेर्वासुगौलीसम्मको सडक ६ करोड ८५ लाख रुपैयाँमा कालोपत्र गर्ने ठेक्का शिवाको कन्स्ट्रक्सनले लिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्धारित समयावधिमा उक्त सडक निर्माण ६० प्रतिशत मात्र सकिएको छ । शिवाकोले नै रामपुर–गण्डक नहर–बहुअर्वा–पचरुखी हरपुर सडक ६ करोड ९६ लाखमा ठेक्का पाएकामा यसको भौतिक प्रगति ३५ प्रतिशत मात्र छ ।

 

६ करोड ४८ लाखमा सिर्सिया सुक्खा बन्दरगाह–अठराहा–सुगौलीबिर्ता अपौनी सडक निर्माणको ठेक्का लिएको शिवाकोले पुस मसान्तभित्र २५ प्रतिशत मात्र काम गरेको छ । ६ करोड ५३ लाखमा निर्माण सकिने भनिएको लक्ष्मनवा–भिस्वा–नगवा–इनर्वा सडकको भौतिक प्रगति ३० प्रतिशत मात्र छ । ६ करोड ४२ लाखमा निर्माणको ठेक्का लिएको धोरे–पकाहा–पोखरिया सडकको भौतिक प्रगति ३० प्रतिशत मात्र भएको छ । परसवा–कियासोत पुल–जनता सडक–रामवन सडकको प्रगति ६५ प्रतिशत छ । उक्त सडक निर्माणका लागि शिवाकोले ७ करोड १५ लाखमा ठेक्का लिएको हो । रन्जन निर्माण सेवाले सबैठवा–भेडिहारी–हरिहरपुर–गण्डक नहर सडकको निर्माणका लागि ६ करोड ८७ लाखमा ठेक्का लिएको थियो । यसको भौतिक प्रगति ४० प्रतिशत रहेको पूर्वाधार कार्यालयले जनाएको छ । रञ्जन निर्माण सेवाकै ठोरी बाघामोर्चा खोला–सुवर्णपुर दण्डाचोक–गम्हरिया टोल–महादेवपटी सडक कालोपत्रको काम ६० प्रतिशत भएको छ । दुवै निर्माण कम्पनीलाई ताकेता गर्दै आए पनि निर्माण अगाडि नबढाएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर दीपककुमार मिश्र बताउँछन् । ‘पटक–पटक मौखिक एवं लिखित रूपमै ताकेता गरेका छौं,’ मिश्रले भने, ‘तर सम्झौताबमोजिम काम सम्पन्न गर्ने तादरुकता देखाएका छैनन् ।’ काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा किन नराख्ने भनी पत्राचारसमेत गरिएको छ । कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएपछि ठेकेदार कम्पनीले असार मसान्तभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएको थियो । तर काम भने अगाडि नबढाएको कार्यालय प्रमुख मिश्रको भनाइ छ । ‘निर्माणस्थलमा एकरएक ट्र्याक्टर ग्राभेल खसाएका छन्,’ उनले भने, ‘यसलाई पनि के काम गरेको भन्नु ।’ अर्को साता ठेकेदार कम्पनीले बैंकमा राखेको कार्यसम्पादन जमानत तान्ने योजना रहेको उनले सुनाए । ‘काम गरेको देखाउन एक ट्र्याक्टर ग्राभेल झारिरहेका छन्,’ उनले भने, ‘अर्को साता बैंकमा जम्मा रहेको ठेकेदार कम्पनीको कार्यसम्पादन जमानत तानेर राजस्व खातामा जम्मा गर्छौं ।’


 

१ महिना अगाडि

प्रतिक्रिया