मादीमा बन्दैछ ३१५ मिटर लामो पुल

१ महिना अगाडि


काठमाडौँ - मुग्लिन- पोखरा सडक विस्तार अन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ। 

 


पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका-५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ। उनले भने,हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ। पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ।  पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय यहाँबाट विस्थापित हुने भएको छ। जग निर्माणको काम पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ। तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ। 

१ महिना अगाडि

प्रतिक्रिया