हङकङसँग नेपाल ७३ रनले पराजित

१ महिना अगाडि


काठमाडौँ -  हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

 


टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।  एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए । यसअघि कप्तान तथा ओपनर निजाकत खान तेस्रो ओभरमा शून्य रन बनाउँदा आरिफ शेखको शिकार बने । अर्का ओपनर मार्टिन कोटजीले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३१ रन बनाए । आकाश चन्दको बलमा आउट हुनअघि उनले ५ चौका र १ छक्का हिर्काए । अन्सी राथले ३२ बलमा ३९ रन बनाउँदै प्रतिश जिसीको बलमा आउट भए । उनले ३ चौका र २ छक्का हिर्काए । विकेट किपर रासिद खानको बलमा शून्य रनमा आउट भएका थिए । नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए ।

१ महिना अगाडि

प्रतिक्रिया