७९ प्रतिशत प्रश्नको सही उत्तर दिए महिला समूहले

१ महिना अगाडि

काठमाडौँ - ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रतियोगी महिला कुल सोधिएका प्रश्नको ७९ दशमलव १६ प्रतिशत प्रश्नको उत्तर  दिएका छन्। जिल्ला र गाउँपालिकामा भएका समसामयिक विषयमाथि प्रश्न तयार गरेर सामान्य साक्षर महिलाबिच सो प्रतियोगिता आयोजना गरिएको हो।

 

 

कुल ४८ वटा प्रश्न सोधिएकोमा तीन वटै समूहका महिलाहरुले ३८ वटा प्रश्नको सही जवाफ दिएकी थिइन् भने दश वटा प्रश्नको मात्र उत्तर दिन सकेकी थिइनन्। प्रतियोगितामा १५ वटा प्रश्नको सही जवाफ दिएर सिमकोट गाउँपालिका– ५ की महिला पहिलो भएकी थिइन् भने वडा नम्बर ४ की महिलाले १३ वटा प्रश्नको सही उत्तर दिएर प्रतियोगितामा द्धितीय भएकी थिइन्।त्यसैगरी दश वटा प्रश्नको सही उत्तर दिएर वडा नम्बर ६ का महिलाहरु तृतीय स्थान हुन सफल थिईन। बिजेता तिनै समूहका महिला प्रथमलाई पाँच हजार द्वितीयलाई चार हजार र तृतीयलाई तीन हजार प्रदान गरिएको थियो। नगद, प्रमाण पत्र प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल र गाउँपालिका अध्यक्ष विजय भण्डारीले प्रदान गरेका थिए।सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले महिला दिवसको अवसरमा दूरदराजमा बस्दै आएकी महिलाको समूहबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको बताइन्। महिलालाई आफ्नो वडा, गाउँपालिका र जिल्लाको समसामयिक विषयवस्तुबारे प्रश्न तयार गरेर सोधिएको थियो। सहभागी महिलाहरु सबै सामान्य नाम लेखपढ गर्न सक्नेलाई मात्र सहभागी गराइएको उनले बताईन। ग्रामीण महिलाको देखे, भोगे र सुनेका आधारमा कति जानकारी छ भन्ने कुरा बुझ्नका लागि पनि यो प्रतियोगिता आयोजना गरिएको बताइन्।

 
 

१ महिना अगाडि

प्रतिक्रिया