एलन मस्कले नयाँ भिडियो एप ल्याउदै

१ महिना अगाडि

काठमाडौँ - सामाजिक सञ्जाल  एक्स प्रमुख कार्यकारी एलन मस्कले अमेजन र सामसङका लागि लामो भिडियो हेर्न मिल्ने नयाँ एप ल्याउने घोषणा गरेका छन् ।

मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हिन्दुस्तान टाइम्सले जनाएको छ । गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुविधा ल्याएको थियो । मस्कले स्मार्ट टिभीबाट लामो भिडियो सिधै हेर्न मिल्ने एप ल्याउन लागिएको जनाएका हुन् ।एक्सको भिडियो एप गुगलको युट्यूब जस्तै हुने तथा मस्कले युट्यूब सँग प्रतिस्पर्धा गर्न लागेको बताइएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया