माउन्टेन इनर्जी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

आइतबार, २७ फागुन २०८०, ०७ : १२

काठमाडौंः माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत १३ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ। सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन बुधबार ३० गते बुक क्लोज हुनेछ। तसर्थ, मंगलबार फागुन २९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

आइतबार, २७ फागुन २०८०, ०७ : १२

प्रतिक्रिया