कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न

१ महिना अगाडि

काठमाडौँ- कवि भेटघाट तथा सिर्जना वाचन कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि हरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । 

अध्यक्ष शेर्पाले अहिले देशभरिको कबिहरुमाझ लोकप्रिय बन्दै जानु भएको छ । केही समय अगाडि हेलम्बुमा कबिहरु आएर कबिता मार्फत हेलम्बुको बिकासको अवस्था,संभावना,चुनौती,जनजिविका लगायतको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । कबिता र साहित्य मार्फत हेलम्बुको विकास र सचेतनाको उचाईलाई वृद्धि गर्ने लक्ष्य लिइएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । साहित्यकार तथा नियात्राकार राजेन्द्रमान ढंगोलको संयोजनमा भएको कार्यक्रममा हेलम्बुको चर्चा गरिएको थियो ।

कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, नवीन पल्लव, पत्रकार जयराम बिडारी, रूबी सत्याल, प्राज्ञ लक्ष्मी माली, सुपरिचित कवि स्नेह सायमी, बहुआयामिक सर्जक महेश प्रसाई, रामहरि अधिकारी, सूचक प्रकाशनका अध्यक्ष तथा कवि दीपक भेटुवाल, जयन्ती स्पन्दन,देशपोस्टका सम्पादक लोकमणि रिजाल,यमबहादुर ज्योति, राजेन्द्र सलभ, ईश्वर थोकर, कवि तथा गीतकार अलका मल्ल, कवि तथा नियात्राकार नन्दु उप्रेती,राजेन्द्रप्रसाद अधिकारी, कवि तथा सहायक प्रजिअ अमरदीप सुनुवार, देउडा गीत प्रस्तोता पार्वती भट्ट, पुष्पराज कर्णिकार, माधव घिमिरे ुअटलु र कार्यक्रम प्रस्तोता, नाटककार तथा कवि लक्ष्मी रूम्बालगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया