स्वयंसेवीद्वारा काम उचित पारिश्रमिकको माग

१ महिना अगाडि

काठमाडौँ  - प्रत्येक नागरिकको घर घरमा गएर जस्तोसुकै परिस्थितिमा स्वास्थ्य दिने स्वास्थ्य स्वयंसेवीको काम र जिम्मेवारी अनुसार पारिश्रमिकको व्यवस्था हुनुपर्ने सरोकारवालाले जोड दिएका छछन् । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पब्लिक सर्भिसेज इन्टरनेसनल पिएसआई ले आइतबार राजधानीमा आयोजित ‘समुदाय स्तरमा काम गर्ने स्वास्थ्य स्वयंसेविकाले गर्दा देशले प्राप्त गरेका उपलब्धि र उनीहरूले भोग्दै आएका चुनौती र समस्या’ विषयक छलफलमा सहभागीले सो कुरामा जोड दिएको छ।

 

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ ९हिभोन० का अध्यक्ष वसन्ती महर्जनले घर घरमा स्वास्थ्य सेवा दिन दैनिक २४ घण्टा खटिने स्वास्थ्य स्वयंसेविकाले स्रोतसाधनको अभाव, तालिमको कमी जोखिमयुक्त काम लगायतका समस्या भोग्नु परेको गुनासो गरेकी छिन् ।नियमित काम गर्ने श्रमिकका रूपमा स्वीकार गर्न नसकेका कारण स्वास्थ्य स्वयंसेवक न्यूनतम सेवा सुविधाबाट वञ्चित भएको उनको भनाइ छ । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ नेभा  गीतादेवी थिनले थोरै सेवासुविधामा कोभिड–१९ को जोखिम होस् वा अन्य विपत्मा आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर घर घर पुगेर स्वास्थ्य सेवा दिएका स्वयंसेविकालाई राज्यबाट उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरेकी छिन्   । उनले जीवनभर स्वास्थ्य स्वयंसेविकाको रूपमा समुदायमा रहेर काम गरेको स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर स्वास्थ्य उपचार, मातृत्व सुरक्षा तथा वृद्धावस्थामा पेन्सन सुविधा लगायतको सुविधा सुनिश्चित गर्न आग्रह गरेकी छिन्  । 

 

संयुक्त ट्रेडयुनियन समन्य केन्द्र जेटयुसिसी का अध्यक्ष योगेन्द्र कुँवरले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्र्ण योगदान गरेका स्वयंसेवी महिलाको कामको उचित मूल्य पाउने व्यवस्था राज्यबाट गरिनुपर्ने बताएकि छिन्  ।  उनले , “अहिलेको अवस्था स्वास्थ्य स्वयंसेविकालाई स्वयंसेवककै दृष्टिले मात्रै हेरेको छ त्यसैले नेपालको श्रम ऐनमा त्यो क्षेत्र पर्दैन, श्रम ऐन अनुसार यस क्षेत्रलाई समेट्न यसको नाम परिवर्तन गरेर सामुदायिक स्वास्थ्यकर्मी बनाउन सकियो भने श्रम ऐन अनुसार टेड युनियन बोल्न सक्छौँ  भनिन्।” कार्यक्रममा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नागार्जुन नगरपालिकाले २०७५ देखि नै कानुन बनाएर नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविका महिलालाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् ।  देशभर ५४ हजार ८६२ जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । नेपालको जनस्वास्थ्यको सूचक सुधार गर्न उनीहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । नेपालका हरेक घर घरमा प्रत्यक्ष जोडिएका महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य मन्त्रालयको सबैभन्दा तलसम्म पुगेका अङ्ग हुन् । 
 

१ महिना अगाडि

प्रतिक्रिया