काठमाडौँ - गायिका अञ्जु श्रेष्ठको स्वर रहेको गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको सङ्गीत छ ।आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन् ।
गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछि उनको अधुरो सपना पुरा गर्न अञ्जु गायनमा सक्रिय रहेकी हुन् । राजेश पुमा राईको निर्देशन रहेको भिडियो अन्जुको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया