अम्बिका गुरुङको शब्द रहेको गीत ‘के भो के भो’ सार्वजनिक

१ महिना अगाडि

काठमाडौँ- गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘के भो के भो’ सार्वजनिक भएको छ । प्रेममा आउने उतारचढाव समेटिएको गीतमा मेलिना राई र सबिन आङ्बोको स्वर छ । 

रामेश श्रेष्ठको सङ्गीत र संदीप कार्कीको सङ्गीत संयोजन रहेको गीतमा विवेकजंग कार्की र आयुशा कार्कीको अभिनय छ ।

समिप इन्टरटेन्मेन्टबाट सार्वजनिक गीतको भिडियोमा विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन छ । भिडियोको निर्देशन दिलीप समनले गरेका हुन् ।

 

१ महिना अगाडि

प्रतिक्रिया