सरकार र आरती शाहका परिवारबिच ५ बुँदे सहमति, के के छन् बुदामा ?

१ महिना अगाडि

काठमाडौं- सरकार र आरती शाहका परिवारबिच मंगलबार मध्येराति ५ बुँदे सहमति भएको छ । यो सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवारले आन्दोलन फिर्ता लिएका छन् ।

मंगलबार राति गृह मन्त्रालयमा सहमति भएको हो । सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् भने गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् ।

२०८० जेठ ७ गते धनुषा जिल्लाको जनकपुर उप–महानगरपालिका–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । उनको हत्या भएको परिवारको आरोप छ । सर्वोच्च अदालतको आदेशपछि पुस ९ गते आरती शाहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबु अहिले थुनामा छन् ।

१ महिना अगाडि

प्रतिक्रिया