काठमाडौं - चर्चित नेपाली साङ्गीतिक समूह (ब्यान्ड) १९७४ एडीको फेसबुक पेज ह्याक भएको छ । मङ्गलबार फेसबुक पेज ह्याक गरी ह्याकरले प्रोफाइल र कभर फोटो परिवर्तन गरेका छन् भने बायोमा ‘साइबर क्रिमिनल फोर्स’ले अकाउन्ट ह्याक गरेको लेखेका छन् ।
ह्याकरले पेजमा एक्सेस पाएपछि लाइभ गर्ने, बारम्बार प्रोफाइलरकभर फोटो परिवर्तन गर्ने तथा बङ्गाली र अङ्ग्रेजी भाषामा विभिन्न जथाभावी पोस्ट गरेका छन् । त्यस्तै नेपाली ह्याकरलाई पेज रिकभर गर्न चुनौती समेत दिइएको छ, जुन पोस्ट अहिले डिलिट गरिएको छ । यता १९७४ एडीले भने पेज रिकभर गर्न प्रयास भइरहेको जनाएको छ । ब्यान्डका सदस्य मनोजकुमार केसीले यस घटनापछि फेसबुकमा रिपोर्ट गरेको तथा साइबर ब्युरोमा निवेदन दिएको बताएका छन् । “हिजो ९मंगलवार० साँझतिर पेजबुक पेज ह्याक भएछ । रातको समय पनि पर्यो । अहिले फेसबुकमा रिपोर्ट गर्ने र साइबर ब्युरोमा जानकारी दिने काम भएको छ,” उनले भने । पेज फिर्ता ल्याउन साइबर सुरक्षा जानकारसँग पनि समन्वय भइरहेको उनले सुनाए ।
प्रतिक्रिया