सरोकारवालासँग धितोपत्र बोर्डले माग्यो पूँजीबजार सुधार सम्बन्धी राय

बुधबार, ३० फागुन २०८०, १५ : ५६


काठमाडौँ - नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सुझाव मागेको हो । 

 

बोर्डको सूचनामा अर्थमन्त्री वर्षमान पुनबाट पूँजी बजारको सुधारको सन्दर्भमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयबारे सुझाव माग भएको सन्दर्भमा कार्यान्वयन योग्य सुझाव उपलब्ध गराउन भनिएको छ । सुझावका लागि दुई दिनको समय दिइएको छ । त्यो समयभित्र बोर्डको ईमेलमा सुझाव पठाउन सक्ने बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मन्त्रालयमा सुझाव पठाउनुअघि सरोकारवालाको चासोबारे जानकारी लिन राय माग गरिएको बताए । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा आइतबार अर्थ मन्त्रालयले बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै एक साताभित्र यस्तो कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो ।
 

बुधबार, ३० फागुन २०८०, १५ : ५६

प्रतिक्रिया